म माओवादी भइसकेँ ; विमला

ज्योतिन्यूज । लुम्बिनीका कामचलाउ मन्त्री बैजनाथ चौधरीले अपहरण भयो भनिएकी सांसद विमला वलीले पत्रकार सम्मेलन गर्दै आजबाट आफू माओवादी भएको स्पष्टोक्ति दिनुभएको छ ।

आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको भन्दै यसमा आफूलाई कसैले करकाप नगरेको समेत बताउनुभयो । वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टीबाट विजयी हुनुभएको थियो । तर २३ फागुनमा सर्वाेच्च अदालतले नेकपा खारेज गरिदिएपछि उक्त दलबाट निर्वाचित सांसदले एमाले र माओवाद्यी मध्ये कुनै एक दल रोज्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।

सोही अनुसार उहाँले एमाले नभएर माओवादी रोजेको बताउनुभयो । कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’ उहाँले भन्नुभयो, ‘मेरो श्रीमान एमालेबाट चुनाव लड्नुभएको थियो, उहाँको निधनपछि म नेकपाबाट चुनाव लडें, पत्रकार सम्मेलनमा खत्रीले भनिन्, ‘पछि मलाई थाहा भयो, मलाई माओवादी साथीहरूले सहयोग गर्नुभएको रहेछ ।’

पत्रकार सम्मेलनमा बोल्दै उहाँले श्रीमानको निधन भएपछि चुनाव जित्दैगर्दा पनि आफूले एमाले भन्ने नचिनेको बताउनुभयो । माओवादीले नै आफूलाई हरेक कुरामा साथ दिएको कारण अहिले पनि माओवादी नै राजेको उहाँको भनँई छ ।

आफूलाई अपहरण गरिएको भनेर मन्त्री चौधरीले दिएको अभिव्यक्तिको पनि उहाँले खण्डन गर्नुभयो ।

उहाँ माओवादी प्रवेश गर्दा लुम्बिनीमा सत्ता समीकरणमा प्रभाव परेको छ । उहाँ माओवादी प्रवेश गर्दा एमालेको एकल बहुमत गुमेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय