गुल्मी । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो । जस अनुसार आजराति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो ।
उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।
यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ ।
यो पनि पढ्नुहोस् काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएपछि दैनिक काम गरेर गुजारा गर्ने सर्वसाधारणलाई कठिन अबस्था आई परेको छ ।
निषेधाज्ञामा काम नपाइने र व्यवसाय पनि नहुने भएपछी परिवार कसरी पाल्ने भन्ने उनीहरुमा चिन्ता बढेको छ । ठेलामा तरकारी बेचेर परिवार पाल्दै आउनुभएका कञ्चनपुर भिमदत्त नगरपालिकाका भावना लुहार, निषेधाज्ञा भएपछि कसरी बालबच्चालाई पाल्ने भन्ने चिन्ताले पिरोलेको बताउहुन्छ ।
अघिल्लो वर्ष लकडाउन हुँदा बिहान बेलुका खान मुस्किल परेको र यसपटक पनि उस्तै समस्या दोहोरीन थालेको उहाँको गुनासो छ । भावना जस्तै रुपन्देहीको देबदह नगरपालिका–३ का घनश्याम भण्डारी पनि उस्तै खाले चिन्तामा हुनुहुन्छ ।
यायातात मजदुरको रुपमा काम गरेर परिवार पाल्दै आउनुभएका उहाँलाई स्थानीय सरकारले राहतको व्यवस्था गरिदिन्छ कि भन्ने आश लागेको छ । सरकारको गत वर्षको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको १८ दशमलव ७ प्रतिशत अर्थात् ५० लाख भन्दा बढि नागरिक गरिबीको रेखामुनी छन् । जसमध्ये दिनभरी काम गरेर छाक टार्नेको सङ्ख्या आधा जति छ । उनिहरु निषेधाज्ञाको प्रत्यक्ष मारमा पर्नेछन् ।
रोगबाट जोगाउन गरिएको निषेधाज्ञाका कारण मजदुर वर्ग भोकभोकै नपरुन भनेर खाद्य सामग्री र आवश्यक परेका औषधि उपलब्ध गराउने तयारीमा कतिपय स्थानीय सरकार जुटेका छन् । निषेधाज्ञाको बेलामा दैनिक खान नपुग्ने वर्गलाई राहतको तयारी गरेको कञ्चनपुरको भिमदत्त नगरपालिकाका उपप्रमूख शुशिला चन्द सिंहले बताउनुभयो । तर, दाङको घोराही उप–महानगरपालिकाले भने राहत भन्दा पनि काम दिने योजना बनाएको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
काम खोज्नेहरुलाई उपहानगरपालिका भित्र सञ्चालित योजनाको काम पर्साको बहुदरमाई नगरपालिकाले भने आफुसँग बजेट नभएको हुनाले राहत दिन नसक्ने र त्यसबारेमा कुनैपनि योजना नबनाएको जनाएको छ ।
महामारीको रुपमा फैलिरहेको कोरोना सङ्क्रमणबाट जोगिन हाललाई निषेधाज्ञाको विकल्प छैन । तर, गरिखाने वर्गबारे सम्बन्धीत स्थानीय तह गम्भीर हुनुपर्ने देखिन्छ ।