आज देखि आईपिओ निस्कासन हुँदै कति दिने आवेदन ?

काठमाडौं । आज देखि आईपिओ निस्कासन हुँदै छ ।सीईडीबी हाइड्रोपावरले आजबाट २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने भएको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीलाई आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो । सर्वसाधारणका लागि विक्री गरिने कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहने बताइएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस् सेयर बजारका लगानि कर्ताहरुको लागिअर्को खुसिको खबार आएको छ । यहि महिनको अन्तिम साता देखि मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ ।

उक्त कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।यस कम्पनिले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस ) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

स्थानिय वासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते नै अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो ।

उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो ।

अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ । कर्मचारीमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय