काठमाडौँ । मंगलवार नेपालमा ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।
गत चौबीस घन्टामा १४ हजार ६ सय ७२ पीसीआर तथा १ हजार ९ एन्टिजेन परीक्षण भएको छ।- ज्योतिन्यूज