देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, मुसिकोटमा भने बार्षिक परिक्षको  तयारि

सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । आइतबार कोभिड १९ संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले त्यही निर्णयलाई सदर गरेको हो ।

सरकारले देशभरका विद्यालय, शिक्षालयमा भौतिक उपस्थिति बन्द गर्ने र परीक्षा स्थगित गर्ने निणर्य गरे पनि मुसिकोटमा भने परीक्षापछि मात्र विद्यालय बन्द हुने भएको छ।

नगरशिक्षा समिति र प्रमुख जिल्ला अधिकारी लगायतको छलफल पछि बैठकले बैशाख मसान्त भित्र संपूणर् विद्यालयको बार्षिक परीक्षा सम्पन्न गरि बिदयालय बन्द गर्ने निणर्य गरेको हो।यो निर्णय गरिएपनि सक्रंमणको अवस्था बढ्दै गएमा भने अवस्था हेरीकन परिक्षा नै स्थगित गर्न सकिने नगर शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालले जानकारी दिनुभयो।

“हामीले प्रमुख जिल्ला अधिकारी, मेयर साब सवैसगं छलफल गर्यौ सक्रंमणको अवस्था आगामी दिनमा अझै व्यापक बन्ने अवस्थालाई मध्येनजगर गरेर परिक्षा सञ्चालन गर्ने की भन्ने निणर्य भएको छ” तर अवस्था हेरेर परिक्षाबीचमै पनि स्थगन गर्न सक्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

मुसिकोट नगरपालिकामा रहेका सार्वजनिक विद्यालयको परिक्षा यही वैशाख १५ गतेदेखि सञ्चालन हुँदैछ । नगरपालिका भित्र सक्रंमणको स्थिति अहिलेसम्म सामान्य रहेकाले भौतिक दुरी कायम राखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर नगर शिक्षा शाखाले परिक्षा सञ्चालन गर्ने तैयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय