मुसिकोटमा स्वास्थ्य प्रबर्द्धन कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे गुल्मी । स्वास्थ्य प्रबर्द्धन कार्यक्रम मुसिकोट नगरपालिका कार्यालय मा सम्पन्न गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र रेसुङ्गा नगरपालिका वडा न ९ को आयोजना उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

स्वास्थ्य जीवन शैली योग र रसायन सम्बन्धि जानकारी गराउदै मानिसको स्वास्थलाई निरोगी र स्वस्थ राख्नको लागि यश कार्यक्रमले सहयोग पुर्याउने डा महेश भुसालले बताउनु भयो। मानिसको जीवन सधै उर्जाशिल राख्न को लागि जीवन शैली खानपान र योग मा विशेष ध्यान दिनुपर्ने बताउनु भयो।

कार्यक्रममा मुसिकोट नगरपालिका कर्मचारी करिब ३० जनालाइ सामन्य चेकजाँच सङ्गै औषधि समेत बितरण गरिएको थियो। मुसिकोट नगरपालिका भित्र आयुर्वेद स्वास्थ सेवा नभएकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्राथमिकताका साथ यहाँ कार्यक्रम आयोजना गरेको निमित्त प्रमुख जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चन्द्र प्रसाद भुसालले जानकारी गराउनु भयो।

आयुर्वेद औशधिले मानिसमा निरोगी र स्वस्थ रहन विशेष योगदान पुर्याउने र योग ले पनि धेरै रोग लाग्न बाट बच्न सकिने बताएको छ। कार्यक्रममा मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शरद न्यौपानेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पाल्नु भएका सरलाइ स्वागत सङ्गै धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मुसिकोट नगरपालिका कार्यलय को कर्मचारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय