त्रिविका संचालन भइरहेका र प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

यो पनि पढ्नुहोस संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताउनुभयो ।

यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने बताउनुभयो । एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत राखेको र केहीले स्थगित गरेको पाइएको परीक्षा समिति अध्यक्ष प्रबोद रिजालले बताउनुभयो ।सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र भोलिदेखिको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने उहाँको भनाइ छ ।

कोरोनाको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो छ ।यसैबीच त्रिभुवन विश्वविद्यालयले आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन हुने जनाएको छ ।

भोलिका लागि तोकिएको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय