सेयर बजारमा दोहोरो अंकको सुधार, बजार मापन सूचक कति सुधार ?

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १५.८० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२१ अंकले बढेर ४७६.६० बिन्दुमा रहेको छ । २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ९.२२, विकास बैंक ३८.१७, निर्जीन बीमा ११४.९, उत्पादन तथा प्रशोधन ४७.२८, जीवन बीमा ११४.०६, माइक्रोफाइनान्स समूहको उपसूचक ५३.१९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६२ करोड २७ लाख ७९ हजार ८५० रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र एनआईसी एसिया लघुवित्त वित्तीय संस्था रहेको छ ।- अर्थतन्त्र डटकमको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय