गुल्मीमा  १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अनिष पन्थी, गुल्मी । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड- १९) को सङक्रमण बढ्दै गएको छ ।

गुल्मीमा मङ्गलबार मात्र १३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा १ जना, गुल्मीदरबार गाउँपालिकामा २ जना, रुरु गाउँपालिकामा ३ जना, छत्रकोट गाउँपालिकामा १, चन्द्रकोट गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सत्यवति गाउँपालिकामा २ जना, इस्मा गाउँपालिकामा १ जना, मालिका गाउँपालिकामा १ र मुसिकोट नगरपालिकामा १ जना गरी कुल १३ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय