वामी लगायत यस आसपासका ऐतिहासिक वृत्तचित्र समेटिएको गीतको छायाङ्कन पूरा

– सागर भण्डारी गुल्मी: वामी लगायत यस आसपासका ऐतिहासिक वृत्तचित्र समेटिएको गीतको छायाङ्कन पूरा भएको छ ।

वामीको ऐतिहासिक, पुरातात्विक,भौगोलिक र समष्टिगत क्षेत्र समावेश गरेर निर्माण गरिएको प्रकृतिले दिएको वामी नामक वामीको वृत्तचित्र बोकेको गीतको छायाकंन गरिएको हो ।वामी विश्व सम्पर्क मञ्चको विशेष सयोंजन र समष्त वामी वासीहरुको उपस्थितिमा छायाकंन गरिएको उक्त वृत्त चित्र गीत ५ मिनेटको रहेको छ ।

साविकको वामी गाउँविकास समिति भित्र रहेका ऐतिहासिक,पौराणिक मठ मन्दिर,रहनसहन,भेषभुषा यहाँका धार्मिक तथा पर्यटकीय स्थल,कृषि शिक्षा लगायतका सम्पूणर् पक्षलाई समेटेर निर्माण गरिएको गीतको छायाकंन वामीकै विभिन्न स्थानमा गरिएको वामी विश्व सम्पर्क मञ्च सांस्कृति समिति सयोंजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो ।

विशेषगरी वामीलाई नै केन्द्र विन्दु मानेर निर्माण गरिएको उक्त गीतले वामीको माटोलाई चिनाउने प्रयास गरेको उहाँको भनाई छ । गीतमा वामीकै सिमरन बौद्धाचार्य र जीएम शर्मा र बैकुण्ठ रायमाझीको मुख्य अभिनय रहेको छ । रविलाल पौडेलले निर्देशन गर्नुभएको उक्त भिडियोको छायाकंन देविराम घिमिरेले गर्नुभएको थियो ।

अत्यधिक रुचाईएको उक्त प्रकृतिले दिएको वामी गीतलाई केही परिमार्जन गरी नयाँ शैलीमा निर्माण गरिएको छ । जसमा तिलक बस्नेत र रिता केसीले स्वर दिनुभएको छ ।

त्यस्तै गीतमा बिजु बज्रको सगींत,विष्णु सापकोटाको थेगो र बैकुण्ठ रायमाझीको शव्द तथा लोक गायक रामचन्द्र चन्दको ऐरेन्ज रहेको छ । गीत केही दिनभित्रै बजारमा आउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय