आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आस (सोमबार) दिउँसो ४ बजे बस्न लागेको हो ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक तीन पटक स्थगित भइसकेको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आजका लागि सारिएको थियो ।बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुने बुझिएको छ ।

पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय