खुसीको खबर भोलिदेखि ५२ करोड ४१ लाख कित्ता सेयर निष्काशन हुँदै

काठमाडौं । भोलि अर्थात वैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएपछि चैत ९ गते नै बुक क्लोज गरेको छ । ८ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । उक्त हकप्रद सेयरमा वैशाख ६ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् ।

हकप्रद सेयरमा आवेदन दिँन धितोपत्र बोर्डबाट सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ भने मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका साथै मुक्तिनाथ विकास बैंकको पोखरा,इलाम, इटहरी, नारायणगढ, सुर्खेत, जनकपुर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।- अर्थतन्त्र डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय