साताको पहिलो दिन सेयर बजार राताम्मे

काठमाडौं । यो साताको पहिलो दिन सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुबाट नै घटेको बजार अन्तिमसम्म पनि सुधारको बाटोमा जान सकेन । जसको असर बजार राताम्मे बनेको छ ।

बजार मापन गर्ने सूचक ३५.८९ अंकले घटेर परिसूचक २६९९.५१ बिन्दुमा रहेका छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२९ अंकले घटेर ४८६.१६ बिन्दुमा रोकिएको छ ।

२०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा भारी गिरावट आएर लगानीकर्ता निरास भएसँगै कारोबार रकम भने केही सन्तोषजनक देखिएको छ । कारोबारमा म्यूचअल फण्ड बाहेक समूहको उपसूचक राताम्मे बनेको छ ।

बैंकिङ समूहको उपसूचक ३३.२९, विकास बैंक ४८.३, जलविद्युत ३२.३८, निर्जीबन बीमा १८३.१९, जीवन बीमा १११.६२, माइक्रोफाइनान्स समूहको उपसूचक ५०.३२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र निफ्रा रहेको छ ।- अर्थतन्त्र डटकमको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय