रेसुङा बहुमुखी क्याम्पसमा नव आगन्तुक बिद्यार्थीहरुलाई नेपाल बिद्यार्थी संघ रेसुङा बहुमुखी क्याम्पसद्धारा स्वागत

अनिष पन्थी गुल्मी रेसुङा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।

नेपाल बिद्यार्थी संघ रेसुङा बहुमुखी क्याम्पसको आयोजनामा स्नातक पहिलो बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । साथै नव बर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान गरिएको नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका ईकाइ सभापति पुनाराम घिमिरेले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यबाहक सभापति राम्जी पन्थीले बिद्यार्थीहरुलाई क्याम्पसमा कुनै समस्या परे तत्काल जानकारी दिन अनि त्यसको समस्या समाधान तर्फ लाग्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनले देश उथलपुथल भएको र जसका कारण शैक्षिक स्थिती अलबलिएको बताए ।

कार्यक्रमा नेपाल बिद्यार्थी संघ गुल्मीका सह सचीव रोशन सिह ठकुरी, नेपाल् बिद्यार्थी संघ क्षेत्र न २ का सभापति अर्जुन पोख्रेलले मनतब्य राखेका थिए ।

नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसकि इकाई सदस्य बसन्ता पोख्रेलको स्वागत मनत्वय बाट सुरु भएको कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका इकाई सभापति पुनाराम घिमिरेको अध्यक्षता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय