२ विद्यार्थी नेतालाई नेविसंघ गुल्मी-काठमाडौँ सम्पर्क समितिमा मनोनयन

काठमाडौँ । नेपाल विद्यार्थी संघ गुल्मी-काठमाडौँ सम्पर्क समितिको सदस्यमा २ जना मनोनित भएका छन् । मनोनित हुनेहरुमा अविनाश खड्का र झमिन्द्र पन्थी हुन् ।

नेपाल विद्यार्थी संघ गुल्मी–काठमाडौँ सम्पर्क समितिलाई शसक्त बनाउन र विद्यार्थी आन्दोलनलाई बलियो बनाउने गरी संगठन सुदृढिकरणको अभियान चलाउने उद्धेश्यसहित उनीहरुलाई सदस्यमा मनोनित गरिएको सचिव बुद्ध पन्थीले बताए ।

‘२०७७ चैत्र २८ गते बसेको बैठकको निर्णयानुसार नेपाल विद्यार्थी स्ंघ गुल्मी-काठमाडौँ सम्पर्क समितिलाई सशक्त र गतिशिल बनाउने उद्धेश्यले कार्यविभाजन गर्ने निर्णय भए बमोजिम तपाईँलाई नेविसंघ सम्पर्क समितिको सदस्य पदमा मनोनयन गरिएको छ’, पत्रमा भनिएको छ ।

यसैवीच नेविसंघले शनिवार काठमाडौँको कोटेश्वरमा विद्यार्थी भेटघाट गरी नयाँ बर्ष २०७८ सालको शुभकामना आदान प्रदान समेत गरेको छ । उक्त बैठकबाट अधिवेशन चाँडै गर्ने गरी अघि बढ्ने विषयमा पनि छलफल भएको सचिब पन्थीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय