महेन्द्र आदर्श नमुना माविको आठ कोठे भवन सिलान्यास, आउदो असार मसान्तसम्म निर्माण सम्पन्न लक्ष्य

सुरज कार्की / विष्णुप्रसाद आचार्य गुल्मी । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट ७ वामिको आठ कोठे भवनको शनिबार सिलान्यास भएको छ ।

आर्थिक वर्ष २०७७/७८को सङ्घिय सरकारको एक करोड पचास लाखको बजेट अन्तरगत बन्ने नया भवनको सिलान्यास गरिएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले नबखबरलाइ जानकारी दिनुभयो ।

नमुना माध्यमिक विद्यालयलाइ सङ्घिय सरकारको ससर्त बजेट अन्तरगत मुसिकोट नगरपालिकामार्फत विद्यालयलाइ प्रदान गरिने उक्त रकम योजना अवधिभर नियमित रुपमा विद्यालयको समग्र विकाशको लागि आउने काफ्लेले बताउनुभयो ।उक्त भवन आउदो असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने भएकोले सोही अनुसारको काम गरिने बताइएको छ ।

कार्यक्रमको सिलान्यास गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विद्यालयको समग्र विकासको लागि समुदाय,विद्यालय परिवार र स्थानिय सरकारको समन्वय आवश्यकता पर्ने उहाले बताउनुभयो ।

त्यस्तै सिलान्यास कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले यस महेन्द्र आदर्श नमुना मा वि लाई यस क्षेत्रकै नमुना बनाउने गरि सबैले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले,शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्तेल,जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सल्लाहकार,शिक्षक अभिभावक सङ्घका अध्यक्ष चुरामणी सापकोटा एवम पदाधिकारिहरु एवम सदस्यहरु,पुर्व प्रधानाध्यापक भीमलाल सापकोटा,बुद्दिप्रसाद सापकोटा,समाजसेवि गोपिकृष्ण खरेल,यमुना घिमिरे,शैक्षिक व्याक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका निमित्त प्रधानाध्यापक धनपती खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन शाक्यको रहेको कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारिले गर्नुभएएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय