गुल्मी : गुल्मीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका गौडाकोटबाट चारपाला तर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षका रामबहादुर खत्रीको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
अहिले उनको शबलाई जिल्ला अस्पताल गुल्मीमा राखिएको र पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- खबर मार्केट
यो पनि पढ्नुहोस – गुल्मी मुसिकोट नगरपालिका वडा २ को एक सामुदायिक जंगलमा आगोलागी भएको छ ।
सुक्रबार दिउस देखि अचानक मुसिकोटमा रहेको सिरुङ्गा सामुदायिक बनमा आगो लागेको र आगो लाग्नुको कारण भने नखुलेको मुसिकोट वडा न २ का वडा सदस्य बाबुराम खत्रीले जानकारी दिनु भयो ।
आगो लागीबाट अहिले सम्म कुनै क्षे,ती नभएको र क्षेती हुन सक्ने बस्तीकोमा सजक रहनका लागी अनुरोद गरिको जानकारी प्राप्त भएको छ ।
चैत महिनाको समय, जंगलमा सल्लाका सुकेका पात बढी भएकाले आगाले ठुलो रुप लिएको वडा सदस्य खत्रीले नबखबरलाई जानकारी दिनुभयो ।
आगाले ठुलो रुप लिदै गएको,र रातिको समय भएकोले आगो निबौना कठिन भएको छ ।आगो यहि गतिमा बढ्दै गए आगो नियन्त्रण हुन ३/ ४ दिन लग्न सक्ने जानकारी प्राप्त भएको छ ।
यस विपतको समयमा सबैले आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरि यस विपतलाई सामना गर्न सहयोग गर्नु हुन वडा सदस्य खत्रीले सबैमा अनुरोद गर्नु भएको छ ।