भुवन काफ्ले मुसिकोट गुल्मी ।गुल्मी मुसिकोट नगरपालिका वडा २ को एक सामुदायिक जंगलमा आगोलागी भएको छ ।
सुक्रबार दिउस देखि अचानक मुसिकोटमा रहेको सिरुङ्गा सामुदायिक बनमा आगो लागेको र आगो लाग्नुको कारण भने नखुलेको मुसिकोट वडा न २ का वडा सदस्य बाबुराम खत्रीले जानकारी दिनु भयो ।
आगो लागीबाट अहिले सम्म कुनै क्षे,ती नभएको र क्षेती हुन सक्ने बस्तिका घर परिबारलाइ सजक रहनका लागी अनुरोद गरिको जानकारी प्राप्त भएको छ ।

jagat adhikari
चैत महिनाको समय, जंगलमा सल्लाका सुकेका पात बढी भएकाले आगाले ठुलो रुप लिएको वडा सदस्य खत्रीले नबखबरलाई जानकारी दिनुभयो ।
आगाले ठुलो रुप लिदै गएको,र रातिको समय भएकोले आगो नियन्त्रन गर्न कठिन भएको छ ।आगो यहि गतिमा बढ्दै गए आगो नियन्त्रण हुन ३/ ४ दिन लग्न सक्ने जानकारी प्राप्त भएको छ ।
यस विपतको समयमा सबैले आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरि यस विपतलाई सामना गर्न सहयोग गर्नु हुन वडा सदस्य खत्रीले सबैमा अनुरोद गर्नु भएको छ ।