सालिमे स्मार्ट कृषि गाँउ मौरी पकेट कृषक समुहद्वारा २५० आधुनिक घार वितरण कार्यक्रम सम्पन्न

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा न ८ र ९ मा स्थीत् सालिमे स्मार्ट कृषि गाँउ मौरी पकेट कृषक समुह बिहिबार एक औपचारिक कार्यक्रमका बीच २५० आधुनिक घार वितरण गरेको छ ।

लुम्बिनी प्रदेश संसद माननीय खड्क बहादुर केसीको प्रमुख आथित्यता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल, कृषिज्ञान केन्द्र प्रमुख कोमन साही, मुनापा वडा न ८ का अध्यक्ष नारायाण सापकोटा, मुनापा वडा न ९ का अध्यक्ष नारेश राज खरेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मुसिकोट वडा न ८ र ९ का ५० कृषकहरुलाई प्रति कृषक ५ घारका दरले २५० आधुनक घार बितरण गरिएको समहका सदस्य हरि चालिसे जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारको ८० प्रतिसात अनुदान र २० प्रतिसत समुहको लगानीमा कृषकहरुलाई आदुनिका घार वितरण गरिएको हो ।

यसै कार्यक्रमका बीच मौरीका लागि आवस्य आहार, मौरीको सुरक्षा लागायत मौरी पालन गरि सफल र सबल कृषक बन्नका लागि आवस्यक बिभिन्न बिषयमा छलफल गरिएको थियो ।

समुहका सदस्य खड्क बहादुर खत्रीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमा समुहका अध्यक्ष चुमान बहादुर घर्तीको अध्यक्षता र समुहका सदस्य हरि चालिसेको संचालनमा समपन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय