आजदेखि ज्योति लाइफको कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

कम्पनीको आईपीअ‍ोमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए ।

यो पनि पढ्नुहोस
रुरु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि १६ लाख ७० हजार ९११ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिनसम्ममा यो आइपीओमा २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८ सय रुपैयाँको आवेदन परेको छ । परियोजनाले चैत २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्कासन गरेको हो । ४ लाख ७ हजार ७०६ कित्ता आइपीओमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय