काठमाडौं । रुरु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि १६ लाख ७० हजार ९११ जनाले आवेदन दिएका छन् ।
अन्तिम दिनसम्ममा यो आइपीओमा २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८ सय रुपैयाँको आवेदन परेको छ । परियोजनाले चैत २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।
१०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्कासन गरेको हो । ४ लाख ७ हजार ७०६ कित्ता आइपीओमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो ।
बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
यो पनि पढ्नुहोस आउँदो बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।