जीवन विकास लघुवित्तको आईपीओ निस्कासन हुँदै, कहिले र कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।

यो पनि पढ्नुहोस आउँदो बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय