सेयर बजारले आफ्नो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम, ९ अर्ब बढिको कारोबार

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बजारले आफ्नो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको हो । बजार मापन गर्ने सूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ ।

सेयर बजारले यसअघिको २६४०.३५ बिन्दुको रेकर्ड ब्रेक गरेको छ ।आइतबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स इन्डेक्स ४.३३ अंकले बढेर ४७०.७५ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त कम्पनी, निर्जीबन बीमा, जीवन बीमा समूहको उपसूचकमा उछाल आएको छ ।

कारोबार रकमको आधारमा निफ्रा अग्रस्थानमा रहेको छ । निफ्राको ४७ करोड ५६ लाख ९९ हजार ४९९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

यो दिन ७ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । साल्ट टे«डिङ कर्पोरेशन, सपोर्ट माइक्रोफाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।- अर्थतन्त्र डटकम

यो पनि पघ्नुहोस यो पनि पढ्नुहोस काठमाडौं । आउँदो बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय