क्षमता बिकास अबिबृध्दी गराउदै मुसिकोट नगरपालिका गुल्मी ।

महेन्द्र घिमिरे गुल्मी – मुसिकोट नगरपालिका गुल्मीको आयोजना तथा एपल मिडिया एडभरटाइजिन प्रा लि नया बानेश्वर काठमाडौको सहजीकरणमा जनप्रतिनिधि र कर्मचारीहरुलाइ ३ दिने क्षमता बिकास सम्बन्धि तालिमको आज समापन गरिएको छ।

जनप्रतिनिधि र कर्मचारी बिच नङ्ग र मासुको सम्बन्ध रहेको र दुबै बुझइमा मात्रै समृद्ध मुसिकोट नगरपालिका निर्माणमा सहयोग पुर्याउनेका निमित्त येस्ता किसिमका तालीमले मह्त्वपुर्ण भुमिका निर्भाह गर्ने बताइएको छ।तालिम को समापन सत्रमा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले तालीममा सिकेका कुरा मुसिकोट नगरपालिकाको सेवा प्रवाहमा लागू गरि जनतालाइ सहज तरिकाले सेवा प्रदानमा लागू गर्न अनुरोध गर्नुभयो।

जनप्रतिनिधि र कर्मचारीको पहल बाट मात्रै सम्ग्र मुसिकोट बिकास सम्भव रहेको बताउनु भयो।प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले सुसासन सत्य बिस्ठा नैतिकता र सदचारको मुल मर्मलाई आत्मसात गर्दै सेवामा लाग्नु पर्न बताउनु भयो।

तालिम मा राजनिती र प्रशासन , बजेट तर्जुमा कार्वन्वयन , न्यायिक सम्बन्धि , सेवा प्रवाह , सत्य निस्ठा नैतिकता र सदचार , लेखापरीक्षण बेरुजु लगायतका बिसयमा जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराइएको थियो।

चैत १९ गते बाट संचालित तालीम आज सम्पन्न गरिएको हो। सहभागीको तर्फबाट तालिमको उपलब्धि बारे वडा न ८ का वडाअध्यक्ष नारायण सापकोटा र बिपद ब्यवस्थापन समिती संयोजक सत्या कुमारि जिसि ले मन्तब्य राख्नुभयको थियो। भने मुख्य प्रशिक्षको रुपमा प्रशासन बिज्ञ बिस्नु बहादुर थापले धारण प्रस्तुत गर्नु भएको थियो ।

प्रसासन शाखा प्रमुख प्रकाश घिमिरेको संचालन रहेको कार्यक्रम नगरप्रमुख सोमनाथ सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो। तालीममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय