रुरु जलविद्यत् परियोजनाको आइपीओ खुलेकै दिन शुक्रबार पनि मेरो सेयर नखुल्दा लगानीकर्ताले हसजै आवेदन दिन पाएका छैनन् ।
अहिले पनि मेरो सेयरमा बेला बेलामा मेरो सेयर नखुल्ने तथा लगआउट हुने समस्या देखिएको छ । जसले गर्दा लगानीकर्ताले सेयर समयमा नै भर्न पाएका छैनन् ।
यता सिडिएससीले मेरो सेयरको स्तरोन्नतीका लागि आवश्यक काम भइरहेको भन्दै केही दिनसम्म यस्तो समस्या देखिने जनाएको छ । त्यही भएर सिडिएससीले लगानीकर्ताको लागि नयाँ सुझाव दिएको छ ।
सीडीएसएसीले लगानीकर्तालाई आफ्नो ब्राउजरको इन्कोग्निटो विन्डो अथवा प्राइभेट विन्डो मार्फत सेवा सञ्चालन गर्न सुझाव दिएको छ ।
यसरी खोल्दा सहजै सेयरमा आवेदन दिन सकिने छ । यस्तै मेरो सेयरमा देखिएको सुस्तताले गर्दा लगानीकर्ताले इडिआईएस पनि गर्न समस्या भएको छ । त्यो समस्या समाधान गर्न पनि यही उपाउ अपनाउन सिडिएससीले सुझाव दिएको छ ।- अर्थतन्त्र