आजदेखि रु रु जलविद्युत् परियोजनाको आईपीओ निस्कासन हुदै, कति दिने आवेदन ?

आजदेखि रु रु जलविद्युत् परियोजनाको दोश्रो चरणको साधारण सेयर (आईपीओ) आउने भएको छ ।

परियोजनाले एक सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

यो पनि पढ्नुहोस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।- अर्थतन्त्र डटकम बटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय