मुसिकोमा जनप्रतिनिधि तथा कर्मचारी क्षमता बिकास सम्बन्धि ३ दिने तालीमको उदघाट्न।

महेन्द्र घिमिरे मुसिकोट गुल्मी मुसिकोट नगरपालिका गुल्मीले आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता बिकास सम्बन्धि ३ दिने तालिमको आज एक समारोह बिच तालीम उदघाटन तथा तालीम सुरु मुसिकोट नगरपालिका ५ को आपचौर प्राबिधिक शिक्षालयको सभाहलमा सुरु गरिएको छ।

मुसिकोट नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अबिबृध्दीमा मह्त्वपुर्ण भुमिका निर्भाह गर्ने अपेक्षा साथै तालिम पश्चात् नगरपालिका कार्यसम्पादन सहयोग पुर्याउने बिश्वास नगर प्रमुख सोमनाथ सापकोटा गर्नुभयो।जनप्रतिनिधि र कर्मचारी बिच तालमेल हुने राजनैतिक जनप्रतिनिधिले नीति निर्माण गर्न र त्यसलाइ कार्न्वनय को पाटोमा कर्माचारिले गर्ने भन्दै नङ्ग र मासु को सम्बन्ध रहेको बताउदै थप उर्जाशिल भै कार्यसम्पादनमा यस्ता तालीमले भुमिका खेल्ने प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो।

तालिममा प्रशासन बिज्ञ बिस्नु बहादुर थापा र ज्ञानु अधिकारिले प्रशिक्षण दिनु भएको थियो। तालीमको क्रममा सहभागीहरुले विभिन्न विषयमा छलफलको क्रममा भाग लिनु भएको थियो।तालीम २१ गते सम्म संचालन हुनेछ।

नगर उप प्रमुख तथा न्यायिक समिती संयोजक कमला शर्मा को सभा अध्यक्षता रहेको कार्यक्रममा स्वागत तथा तालिमको उदेश्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल प्रकास पार्नु भएको थियो।नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको तालीममा जनप्रतिनिधि र कर्मचारीको सहभागीता रहेको थियो भने तालीमको सहजीकरण एपल मिडिया तथा एडभरटाइजिन प्रा लि नया बानेश्वर काठमाडौले गरेको छ ।

तालीमको औपचारिक उदघाट्न समारोहको संचालन प्रशासन प्रमुख प्रकाश घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय