अब मुसिकोटमा नेकपा एमालेका गतिविधिहरु लाई तीव्रता दिइने

रामकृस्ण कंडेल,मुसिकोट गुल्मी

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटिको बैठक गुल्मीको वामी टक्सारमा सम्पन्न भएको छ।

नगरभित्रका सबै वडाहरु बाट उपस्थित नेता(कार्यकर्ताहरुलाई सम्बोधन गर्दै जिल्ला पार्टी सहसंयोजक बालसिंह काऊछाले पार्टीको पछिल्लो विषम परिस्थितिको मुल्यांकन प्रस्तुत गर्दै सबै पाटी नेता(कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ।

प्रशिक्षण मूलक मन्तव्य राख्दै प्रमुख अतिथि काऊछाले विश्व राजनीतिमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीप्रति आम सर्वसाधारण जनताले समेत निकै मन पराएको र केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा कम्युनिस्टको सरकार बनिरहेका अवस्थामा यसको प्रगति देखे पश्चात देशीविदेशी शक्तिहरुको योजनामा सरकार हटाऊनको लागि धेरै प्रयत्नहरु भएको र ती प्रयत्नहरू असफल हुँदै गएको कुरा व्यक्त गर्नुभयो

मन्तव्यको क्रममा काऊछाले भन्नु भयो ‘पार्टी अध्यक्ष केपी शर्मा ओली प्रारम्भीक कमिटी देखि उच्च तहको नेतृत्वमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गरेको विचार व्यक्त गर्दै उहाँको नेतृत्वमा नेकपा एमाले अगाडि बढिरहेको छ यसलाई सफल बनाउनका लागि हामी सबैले साथ दिनु पर्छ’।

पार्टीको पछिल्लो विकसित घटनाक्रमले को समीक्षा गर्दै प्रमुख अतिथी काऊछाले गुल्मी जिल्ला भित्र आम पार्टीका कार्यकर्ता नेकपा एमालेको पक्षमा रहेको तर केही मान्छेहरु अझै एकता विरोधी विचारहरु व्यक्त गर्दै अगाडि बढेको भनाइ व्यक्त गर्नुभयो।

विद्यमान राजनीति र समाज व्यवस्थामा रहेका विकृति विसंगति विभेद अन्त्यका विरुद्धमा निरन्तर संघर्ष गर्ने र शोषणरहित समाज स्थापना गर्ने उध्देश्यले नेकपा एमालेको गठन भएको र यही अभियानमा नेकपा एमाले अगाडि बढेको हुनाले सबै एक ढिक्का भएर अगाडि बढ्न प्रमुख अतिथि काऊछाले कार्यक्रममा उपस्थित सँग आग्रह गर्नुभयो।

शोषित उत्पीडित जनताको बलिदानीपूर्ण संघर्षको बलमा आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै प्रमुख अतिथि काऊछाले यस व्यवस्थाको सफलताको लागि पनि सबै नेता कार्यकर्ता हरू एकजुट भएर अगाडि बढ्न आवश्यक छ भन्नुभयो।संघर्षको रुप पुनरावृत्ति नभएर नयाँ ढङ्गले अगाडि बढाइनेछ भन्दै प्रमुख अतिथि काउछाले पुराना विचार सिद्धान्त नीति कार्यक्रम संगठन शैली पनि नयाँनयाँ हुँदै जाने बताउनुभयो।

हिजोका सहयात्रि मध्ये परिवर्तनको निरन्तर यात्रामा को को निर्धारित गन्तब्य सम्म पुग्ने हुन भावी इतिहासले टुंगो लगाउने समेत जिल्ला कमिटि सहसंयोजक काऊछाको भनाई थियो।

मुसिकोट नगरपालिकाको केन्द्र वामीरटक्सारमा अवस्थित रुद्रावति क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा नेकपा एमालेको प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी सदस्यहरु,नगर कमिटि सदस्यहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो।

नेकपा एमाले बाट मुसीकोट नगरपालिकाका सबै वडा बाट निर्वाचित सबै वडाध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टी केन्द्र द्वारा जारी अन्तर पार्टी निर्देशिका सिक्का वाचन गरिएको थियो।सबै वडाबाट उपस्थित हरू मध्येबाट झन्डै ३ दर्जनभन्दा बढी कार्यकर्ताहरुले आफ्ना महत्वपूर्ण भनाईहरु ब्यक्त गर्नुभएको थियो।

सबै कार्यकर्ताहरूको एउटै जोड थियो अब नेकपा एमाले लाई ससक्त र एकताबध्द पार्टीको रुपमा अगाडि बढाउनको लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन।

उहाँ हरूको जोड थियो सबै कार्यकर्ताहरु एकढिक्का भएर अगाडि बढौं।

नेपाल कम्युनिष्ट पार्टी९एमाले०गुल्मी जिल्ला कमिटि सहसंयोजक बालसिंह काऊछाको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटी सदस्यहरू जीवन खरेल,कमला शर्मा,सुर्यमुर्ती खरेल,ठाकुर प्रसाद खरेल,

नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य महेश बहादुर जिसी,जिल्ला सल्लाहकार सदस्य गोपाल गिरी,शिक्षक महासंघ गुल्मीका सचिब रामकृस्ण कंडेल,युवा संघ नेपालका केन्द्रीय सदस्य अनुप लाखे,जिल्ला खेलकुद परिषद्का अध्यक्ष सविन बस्नेत को कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।

नेकपा एमाले मुसिकोट नगरको कमिटि अध्यक्ष कर्णबहादुर जि सी को अध्यक्षता तथा सचिव प्रकाश काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

बैठकले मुसिकोट नगरपालिका भित्रका सबै वडाहरुमा नेकपा एमाले वडा अधिवेशनहरु यही वैशाख १८ गते भित्र सम्पन्न गर्ने निर्णय समेत गरिएको वडा कमिटि सचिव प्रकाश काफ्लेले बताउनुभयो।

नगर कमिटि सचिब काफ्लेका अनुसार मुसिकोट नगरपालिका भित्र १०१ सदस्यिय नेकपा एमाले नगर कमिटि रहेको,बिगत लामो समय देखि नेपालको कम्युनिस्ट आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउनका लागि नगरभित्र रहेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएका ब्यक्तित्वहरू लाई उक्त जिम्मेवारी दिईएको काफ्लेले बताउनुभयो।

नगर कमिटि सचिव काफ्लेका अनुसार अब मुसिकोट नगरभित्र नेकपा एमालेको गतिविधिहरु लाई तीव्रता दिइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय