नेपाल बैंकको सेयर आवेदन दिने आज अन्तिम दिन, कसरि दिने आबेदन ?

काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८२८ कित्ता सेयरमा आवेदन दिने आज (चैत १७ गते) अन्तिम दिन रहेको छ ।

आज दिनभर आवेदन दिन मिल्ने उक्त संस्थापक सेयरको न्यूनतम मुल्य १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकिएको छ । उक्त सेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ ।

उक्त संस्थापक सेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ । विक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ईच्छुक विद्यमान संस्थापकहरु व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।- अर्थतन्त्र डटकमको सहयोगमा \

यो पनि पढ्नुहोस, रु रु जलविद्युत्को यही सातादेखि साधारण सेयर (आईपीओ) आउने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार)देखि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय