खुसीको खबर फेरि १२ करोड बराबरको नयाँ आईपीओ आउँदै

काठमाडौं । सामलिंङ्ग पावर कम्पनीले १२ करोड रुपैयाँको आईपीओ निष्काशन गरेको भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।

यो पनि पढ्नुहोस रु रु जलविद्युत्को यही सातादेखि साधारण सेयर (आईपीओ) आउने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार)देखि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय