भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।जल तथा मौसमविद्काा अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।- अनलाइनखबर

यो पनि पढ्नुहोस
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ८ वामीमैदानदेखि ठूलाखर्क र खड्कनिशाना कोट मन्दिर प्रवेश गर्ने चोकमा वामीका एक समाजसेवी परिवारले आफ्नै खर्चमा प्रवेशद्वार बनाइदिनुभएको छ ।

वामी सेवा समिति जापानका अध्यक्ष समेत रहेका कृष्ण सापकोटाको परिवारले आफ्नो बाबुआमाको नाममा गेट बनाइदिनुभएको हो ।

सापकोटा परिवारले हजुरवावा स्व. गंगाधर सापकोटा, बुवा स्व. हरिलाल सापकोटा र आमा स्व. बोधकला सापकोटाको नाममा छोरा कृष्ण (देवप्रकाश) सापकोटा, बुहारी रीता सापकोटा, सुदिप सापकोटा, विष्णु सापकोटा, छोरी जमुना शर्मा, नातीहरु दिपेश, दिवस, नातीनिहरु सुवी, सुहेसाको परिवारले उक्त गेट निर्माणको लागि साढे १४ लाख रुपैया खर्चिएर गेट बनाइदिनुभएको हो ।

“हाम्रा बुवाआमाको नाम सदैव अमर रहोस् भन्ने चाहाना राख्छौँ, त्यसैमाथि उहाँहरुको चाहना पनि थियो मैदानमा गेट बनाउने”, ज्योतिन्यूजसंगको कुराकानीमा सापकोटाले भन्नुभयो, “त्यसैले उहाँहरुकै नाममा यो गेट बनाउने निर्णय गरेका हौँ, यसमा साढे १४ लाख लगानी भएको छ, त्यो सबै हामीहरुले नै खर्च गर्याैँ ।”

सापकोटा परिवारको सहयोगमा बनेको प्रवेशद्वारको गत मंसिर अन्तिममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले शिलन्यास गर्नुभएको थियो । पुसको पहिलो हप्ता नै निर्माणकार्य शुरू भएको थियो ।

उक्त गेट निर्माणको जिम्मा भक्तपुरका कारिगढ बुटवल निवासी मोहन विक्रम पथ्याले लिनुभएको थियो । गेटमा भक्तपुरका इट्टा प्रयोग भएका छन् । झिंगटीले छाइएको छछ भने माथि तीन गजुर राखिएकोछ । उक्त गेटको भित्री भाग १४ फिट रहेको र काम पूर्णरुपमा सम्पन्न भएको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर