रु रु जलविद्युत्को आइपिओ यहि साता निस्कासन हुँदै, कति दिने आबेदन ?

काठमाडौं । रु रु जलविद्युत्को यही सातादेखि साधारण सेयर (आईपीओ) आउने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार)देखि आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

यो पनि पढ्नुहोस सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो ।

स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय