गुल्मी मुसिकोटमा गर्भवती सङ्ग उप प्रमुख कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मिको आयोजनामा गर्भवती सङ्ग उप प्रमुख कार्यक्रमको औपचारिक समउदघाटन सम्पन्न गरिएको छ ।

मुसिकोट नगरपालिका वडा न ७ स्थित वामिटक्सार स्वास्थ्य चौकीमा एक समारोह बिच कार्यक्रम सम्पन्न गरिएको हो।गर्भवती महिलाहरुमा जनचेतना अभिबृद्धी गरि महिला दिदिबहिनीहरुलाइ कम्तिमा ४ पटक स्वास्थ चेकजाचको लागि स्वास्थ्य सस्थामा जानुपर्ने पोसण युक्त आहार खानुपर्ने प्रस्तुति हुदा स्वास्थ्य केन्द्रमा जानुपर्ने र नवजात शिसुहरुलाइ खोप तथा उचित स्याहार गर्नुपर्ने जस्ता कुरामा जनचेतना प्रदान गर्न यश कार्यक्रमले सहयोगमा पुर्याउने छ।

प्रोटोकल अनुसार ४ पटक गर्भ जाच गर्नुभएका गर्भवती महिलाहरुलाइ उप प्रमुख बाट पोसण युक्त कोशेली हस्तान्तरण गर्नुभएको थियो। यो कार्यक्रम मुसिकोट नगरपालिका का ९ वटै स्वास्थ्य चौकी बाट प्रदान गरिने मुसिकोट नगरपालिका स्वास्थ्य संयोजक डि बि जिसिले बताउनु भयो।

मुसिकोट नगरपालिकाले प्रस्तुति हुने गर्भवती महिलाका लागि निशुल्क एमबुलेन्स सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रम मुसिकोट नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समिति अध्यक्ष प्रकाश काफ्ले को अध्यक्षता उप प्रमुख कमला शर्मा को प्रमुख आथित्यता स्वास्थ्य संयोजक डि बि जि सि को विशेष आथित्यता रहेको कार्यक्रममा स्वास्थ चौकी ब्यब्स्थापन समिती सदस्य जनप्रतिनिधि कर्मचारी पत्रकार स्वयंसेबिका गर्भवती महिला लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय