होस्टिङको पैसा नतिर्दा आईपीओ रिजल्ट हेर्ने वेवसाइटनै बन्द

आज ज्योति लाइफ इन्स्याेरेन्स लिमिटेडको शेयर बाँडफाड भएको छ ।यतिबेला शेयर लगानीकर्ता आफूलाई शेयर पर्योे, परेन भनेर हेर्ने प्रयास गरिरहेका छन् । तर, सजिलै नतिजा हेर्न पाइरहेका छैनन् ।

सीडीएसले शेयरको नतिजा हेर्न बनाएको वेबसाइटमा पनि हालसम्म कुनै डेटा उपलब्ध छैन । मेरो शेयर अकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिने भएता पनि प्रयोगकर्ता धेरै हुँदा याे वेबसाइट पनि राम्राेसँग चलेकाे छैन ।

यस्तोमा लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि शेयरको रिजल्ट हेर्ने प्रयास गरिरहेका छन् ।

तर, एनएमबी क्यापिटलको वेबसाइट नै बन्द छ । वेब होस्टिङ कम्पनीलाई समयमा पैसा नतिर्दा एनएमबीको वेबसाइट बन्द भएको स्राेतले उल्लेख गरेकाे छ ।

कम्पनीको वेबसाइट खोल्दा केही बेरअघिसम्म पनि ‘दिस अकाउण्ट ह्याज बिन सस्पेन्डेड’ भन्ने म्यासेज स्क्रिनमा देखिएको छ ।

यस्तो म्यासेज कस्तो अवस्थामा देखाउँछ भन्ने प्रश्नमा एक विज्ञले भने, ‘वेबसाइट होस्ट गर्ने कम्पनीलाई पैसा नतिरेको अथवा डोमेन नेम रिन्यू नगरेको अवस्थामा वेबसाइट सस्पेन्ड हुनसक्छ ।’-
टेकपानाको सहयोगमा

यो पनि पढ्नुहोस ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रवार दिउँसो १ बजे बाँडफाँट गरिएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलले ढिला गरी आईपीओ बाँडेको हो ।

यस कम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए ।क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ । यस्तै ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्। बाँकी १२ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।

कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय