ज्योति लाइफको आईपीओ नतिजा सार्बजनिक ,यसरी हेर्नुहोस तपाइको आफ्नो नतिजा ?

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रवार दिउँसो १ बजे बाँडफाँट गरिएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलले ढिला गरी आईपीओ बाँडेको हो ।

यस कम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए ।क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ । यस्तै ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्। बाँकी १२ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।

कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

कसरी हेर्ने नतिजा ?

विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर अघिल्लो ‘महिला लघुवित्त’को आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।

सर्वसाधारणले मेराे शेयर, सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नको निम्ती केही समय भने कुर्नुपर्ने भएको छ । बिक्री प्रबन्धकले आईपीओ वितरण सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि यी चार माध्यमबाट नतिजा हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय