ज्योति लाइफको आईपीओ आज  बाँडफाँड हुँदै, तपाइलाई पर्ने सम्भाबना कति ?

काठमाडौं । फागुन २१ गतदेखि निष्काशन भएको ज्योति लाइफको आईपीओ आज (चैत १३) गते बाँडफाँड हुने भएको छ । शुक्रबार दिउँसो साढे १२ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कम्पनीका कर्मचारीलाई ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई ३ लाख ३० हजार कित्ता छुट्याइएको थियो ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिने व्यवस्था गरेको थियो । आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन व्यवस्था गरेको थियो ।

आइपीओमा अहिलेसम्मकै बढी आवेदन परको छ । सिडिएससीका अनुसार १८ लाख ४ हजार ६४८ लाखले आवेदन दिएका छन् । आईपीओमा ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन परेको छ ।

यो पनि पढ्नुहोस सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो ।

स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय