खुसीको खबर,साढे ५ अर्बको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

सेयर बजारमा ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५ सय रुपैयाँको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी नै रहेका छन् । बोर्डका अनुसार ११ वटा त जलविद्युत कम्पनी नै रहेका छन् । यस्तै दुई वटा माइक्रोफाइनान्स र दुई वटा अन्य कम्पनी रहेका छन् ।

सेयर बजारमा आएको बढोत्तरीसँगै कम्पनीहरुको आईपीओमा लगानीकर्ताको ध्यान निकै बढेको छ । पछिल्लो समयमा जलविद्युत समूहको उपसूचकमा सुधार आएपछि आइपीओमा लगानीकर्ताको चाप धेरै बढेको छ ।

कुनै समयमा जलविद्युत कम्पनीको सेयरमा माग अनुसार आवेदन नपरेर अन्डर राइटरले सकार्नुपर्ने बाध्यता भएपनि अहिले आइपीओ बिक्न धेरै समस्या छैन ।

पाइप लाइनमा रहेका कम्पनीहरुमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङखोला जलविद्युत कम्पनी २०७४ असोज २० गतेदेखि बोर्डको पाइपलाइनमा रहेको छ । यी दुई वटा मात्रै पुराना कम्पनी रहेका छन् । अन्य कम्पनी पनि बोर्डको पाइपलाइनमा २०७६ र २०७७ सालदेखि बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइपलाइनमा सबै भन्दाबढी मध्येभोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था ३ करोड ८९ लाख रुपैयाँको ३ लाख ८९ हजार कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय