तेस्रो फोर्टिन स्टार कपको उपाधी महेन्द्र नमुना मावि तम्घासलाई

अनिष पन्थी गुल्मी तेस्रो फोर्टिन स्टार कप २०७७ को फाइनल खेल आज सदरमुकाम तम्घासको चिदिचौरमा समपन्न भएको छ।

यहि चैत्र ३ गतेदेखि सन्चालन भएको फोर्टिन स्टार कप फुटबलको आज औपचारिक कार्यक्रमको साथ समपन्न भएको हो।आज भएको फाइनल खेल महेन्द्र नमुना माध्यमिक बिधालय तम्घास र अर्जै माध्यमिक बिधालय मालिका बिच भएको थियो जसमा अर्जै माध्यमिक बिधालयलाई १-०गोलले पराजित गर्दै महेन्द्र नमूना माध्यमिक बिधालयले तेस्रो फोर्टिन स्टार कपको उपाधी हासिल गरेको छ ।

महेन्द्र नमूना माध्यमिक बिधालय यस अघिको दुइवटै फोर्टिन स्टार कपको उपाधी समेत हासिल गरेको थियो । सदरमुकाम तम्घास सहित गुल्मीका विभिन्न स्थानबाट ११ बिधालयका बिद्यार्थीको सहभागीता रहेको थियो।

अखिल नेपाल् फुटबल संघ (एन.फा) नेपालका केन्द्रिय सह महासचिव प्रकाश पङगेनीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारि रुद्रा देवि शर्मा, जिल्ला प्रहरी प्रमुख गोपाल चन्द्र भटराइ ,राष्ट्रिय

अनुसन्धान जिल्ला प्रमुख सन्जय भण्डारी , मेजर डायमन्ड कार्की, को विशेष आथितियता रहेको थियो रेसुङ्गा नगरपालिका वार्ड न १,२,र ८ का जनप्रतिनिधिहरुको आथितियता रहेको कार्यक्रममा क्लबका अध्यक्ष बिक्रम बुढाथोकीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सन्चालन क्लबका महासचिव नारायण आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय