सिंगटी हाइड्रोको आईपीओ आबेदन हिज देखि सुरु, कति पर्यो पहिलो दिन आवेदन ?

हिजदेखि निष्काशन भएको सिंगटी हाइड्रो इनर्जीको आईपीओमा २ लाख ५० हजार ४२५ जना आवेदन दिएका छन् ।

निष्काशन भएको पहिलो दिनमै ४२ करोड ३१ लाख १७ हजार बराबरको ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् ।कम्पनीले सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर ल्याएको हो । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँड गरी बाँकी शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो ।

आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो पनि पढ्नुहोस यो पनि पढ्नुहोस आज भोलि बजारमा लगानीकर्ता माझ आइपियो चर्चाको बिषय बनेको छ।बलेफी हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपियो निस्कासन गर्नको लागि अनुमति मागेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपी निस्कासन गर्न अनुमति मागेको हो । कम्पनीले ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।उक्त आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

२०१९ को जुलाईमा इक्रा नेपालले गरेको रेटिङ अनुसार उक्त आइपीओले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको छ ।हाल कम्पनिको चुक्ता पुँजी १ अर्ब ४६ करोड २० लाख रुपैयाँ छ ।

आइपीओ जारीपछि पुँजी १ अर्ब ८२ करोड ८० लाख पुग्नेछ ।कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय