फोर्टिन स्टार कप को पहिलो चरणका खेलहरु आज सम्पन्न

अनिष पन्थी गुल्मी । फोर्टिन स्टार कप २०७७ को पहिलो चरणका खेलहरु आज समपन्न भएका छन।

आज दोस्रो दिनको पहिलो खेल अर्जै माद्यामिक बिधालय अर्जै गुल्मी र अर्जुन इङलिस बोर्डिङ स्कुल तम्घास बिच भएको थियो जसमा अर्जुन बोर्डिङ लाई ३-१ ले पराजित गर्दै अर्जै माध्यमिक बिधालयल क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

साथै अर्जै माविका छात्र सुनिल परियार ‘पेलेअर अफ द म्याच’ भएका छन भने आजै भएको दोस्रो खेल आदर्श बिधा आश्रम तम्घास र रिडि माध्यमिक बिधालय रिडि

गुल्मी बिच भएको थियो जसमा आदर्श बिधा आश्रमलाई २-१ ले पराजित गर्दै रिडि माध्यमिक बिधालय रिडि गुल्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै रिडि माध्यमिक बिधालयका छात्र कृष्ण गौतम’ पेलेअर अप द म्याच’ भएका छन।

र आजै भएको तेस्रो खेल गण्डकी इङलिस बोर्डिङ स्कुल तम्घास र बिर्लेन्ट युनाइटेड एकेडेमी तम्घास बिच भएको थियो जसमा बिर्लेन्ट युनाइटेड एकेडेमी लाई २-० ले पछी पार्दै गण्डकी इङलिस बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ।साथै गण्डकी इङलिस बोर्डिङ स्कुलका छात्र सुबास कार्की पेलेअर अफ द म्याच भएका छन।

यसरी आज पहिलो चरणका खेलहरु पनि समपन्न भएका छन भोलि देखि क्वाटर फाइनलका खेलहरु सन्चालन हुने क्लबका अध्यक्ष बिक्रम बुढाथोकीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस वामी विश्व सम्पर्क मंच ठुलाखर्क इकाईद्वारा स्वास्थ्य सामाग्री तथा सहयोग वितरण कार्य सम्पन्न भएको छ ।मंगलबार बसेको समितिको बैठकले समितिलाई प्राप्त भएका स्वास्थ्य सहयोग सामाग्रीसहित मृगौला पिडित कुलराज शर्मालाई बिस हजार आर्थिक सहयोग गर्ने निर्णय भएको र सोहि बमोजिम चेक हस्तान्तरण गरिएको छ ।

मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामी ठुलाखर्कमा क्रियाशिल रहेको वामी विश्व सम्पर्क मंचको इकाई समितिलाई विभिन्न माध्यमबाट प्राप्त भएका सहयोग सामाग्रीहरु एक कार्यक्रमा गरि वितरण गरिएको इकाइका अध्यक्ष हुमाकान्त खरेलले नबखबरलाई जानकारी दिनुभयो।गाउघरमा सानातिना स्वास्थ्य समस्या आउदा सामान्य जानकारी लिन सकिने खालका स्वास्थ्य सहयोग सामग्रीमा डिजिटल बिपी सेट ३ थान, पल्स अक्सोमेटर कोलेम्ड ३ सेट,वेट स्केल संसो ३ सेट,स्ट्रेचर फोल्डिंग एल्मुनियम ३ सेट, डिजिटल थर्मोमिटर ३ सेट, वेटाडीन बोतल ५०० एम एल, रोलर ब्यानडेज ४ फिट ३ पिस र कटन रोल २५ जी एम ६ रोल खरिद गरि वितरण गरिएको खरेलले बताउनुभयो सहयोग सामग्री हस्तान्तरण कार्यक्रमसंगै मृगौला पिडित मुसिकोट नगरपालिका ८ वामी संकौल निवासी कुलराज खरेल दुवै मृगौलाको समस्याबाट ग्रसित भएकोले उपचारमा थोरै भएपनि सहयोग होस भनेर

अन्तराष्ट्रिय समन्वय समिति र स्थानीय समन्वय समितिको सल्लाहमा सस्थाको तर्फबाट बिस हजार रुपिया सहयोग गर्ने निर्णय भएको पनि उहाले जानकारी दिनुभयो त्यस्तै मृगौला पिडित खरेलको उपचारको लागि सहयोग अभियान चलाउने निर्णय भएको पनि उहाले बताउनुभयो सहयोग वापत उपलब्ध भएका प्राथमिक स्वास्थ्य सामाग्री विशेष गरि सेवा क्षेत्रभित्र सन्कौल, घैयार र ठुलाखर्कमा राख्ने र आवश्यताको आधारमा प्रयोगमा ल्याइने पनि समितिले जनाएको छ ।

कार्यक्रममा सस्थाका पदाधिकारीहरु,सदस्यहरु, स्वास्थ्य स्वयम सेविकाहरु स्थानीय समाजसेवीहरु उपस्थित रहेको कार्यक्रममा वामी विश्व सम्पर्क मंच मुल समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेको प्रमुख आतिथ्यटा, वडा नम्बर ८ का वडाअध्यक्ष नारायण सापकोटा, सम्पर्क मंचका युरोप शाखाका अध्यक्ष केशवराज सापकोटा,

समाजसेवी बौद्दिक व्याक्तित्व टिकाराम खरेल, ठुलोखर्क प्रा बि का प्रधानाध्यापक वेद प्रसाद खरेल,सामुदायिक रेडियो पुष्पान्जलीका उपाध्यक्ष विवेक काफ्ले,सल्लाहकार हरिप्रसाद खराल लगायतको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय