मुसिकोट नगरपालिकामा एक जना कर्मचारीको आबस्यकता, इच्छुकले चैत १७ गते सम्म आबेदन दिन सकिने

मुसिकोट नगरपालिका गुल्मीको कार्यालयका लागि एक जना प्राविधिक सहायको अावश्यकता परेको छ ।

मुसिकोट नगरपालिकाले मिति २०७७/१२/०३ गते प्रकासित सुचना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाको रोजगार सेवा केन्द्रमा रही कामकाज गर्नको लागी कर्मचारी माग गरिएको छ ।

प्रकासित उक्त सूचना अनुसार काम गर्न इच्छुक १८ वर्षा उमेर पुगेका नपाली नागरिकले मिति २०७७/१२.१७ गते भित्र आबेदन फम बुझाइसक्नु सक्नु पर्ने छ ।

थप जानकारीका लागि तलको सुचना पढ्नुहोस

यो पनि पढ्नुहोस वामी विश्व सम्पर्क मंच ठुलाखर्क इकाईद्वारा स्वास्थ्य सामाग्री तथा सहयोग वितरण कार्य सम्पन्न भएको छ ।मंगलबार बसेको समितिको बैठकले समितिलाई प्राप्त भएका स्वास्थ्य सहयोग सामाग्रीसहित मृगौला पिडित कुलराज शर्मालाई बिस हजार आर्थिक सहयोग गर्ने निर्णय भएको र सोहि बमोजिम चेक हस्तान्तरण गरिएको छ ।

मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामी ठुलाखर्कमा क्रियाशिल रहेको वामी विश्व सम्पर्क मंचको इकाई समितिलाई विभिन्न माध्यमबाट प्राप्त भएका सहयोग सामाग्रीहरु एक कार्यक्रमा गरि वितरण गरिएको इकाइका अध्यक्ष हुमाकान्त खरेलले नबखबरलाई जानकारी दिनुभयो।गाउघरमा सानातिना स्वास्थ्य समस्या आउदा सामान्य जानकारी लिन सकिने खालका स्वास्थ्य सहयोग सामग्रीमा डिजिटल बिपी सेट ३ थान, पल्स अक्सोमेटर कोलेम्ड ३ सेट,वेट स्केल संसो ३ सेट,स्ट्रेचर फोल्डिंग एल्मुनियम ३ सेट, डिजिटल थर्मोमिटर ३ सेट, वेटाडीन बोतल ५०० एम एल,

रोलर ब्यानडेज ४ फिट ३ पिस र कटन रोल २५ जी एम ६ रोल खरिद गरि वितरण गरिएको खरेलले बताउनुभयो सहयोग सामग्री हस्तान्तरण कार्यक्रमसंगै मृगौला पिडित मुसिकोट नगरपालिका ८ वामी संकौल निवासी कुलराज खरेल दुवै मृगौलाको समस्याबाट ग्रसित भएकोले उपचारमा थोरै भएपनि सहयोग होस भनेर

अन्तराष्ट्रिय समन्वय समिति र स्थानीय समन्वय समितिको सल्लाहमा सस्थाको तर्फबाट बिस हजार रुपिया सहयोग गर्ने निर्णय भएको पनि उहाले जानकारी दिनुभयो त्यस्तै मृगौला पिडित खरेलको उपचारको लागि सहयोग अभियान चलाउने निर्णय भएको पनि उहाले बताउनुभयो सहयोग वापत उपलब्ध भएका प्राथमिक स्वास्थ्य सामाग्री विशेष गरि सेवा क्षेत्रभित्र सन्कौल, घैयार र ठुलाखर्कमा राख्ने र आवश्यताको आधारमा प्रयोगमा ल्याइने पनि समितिले जनाएको छ ।

कार्यक्रममा सस्थाका पदाधिकारीहरु,सदस्यहरु, स्वास्थ्य स्वयम सेविकाहरु स्थानीय समाजसेवीहरु उपस्थित रहेको कार्यक्रममा वामी विश्व सम्पर्क मंच मुल समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेको प्रमुख आतिथ्यटा, वडा नम्बर ८ का वडाअध्यक्ष नारायण सापकोटा, सम्पर्क मंचका युरोप शाखाका अध्यक्ष केशवराज सापकोटा,

समाजसेवी बौद्दिक व्याक्तित्व टिकाराम खरेल, ठुलोखर्क प्रा बि का प्रधानाध्यापक वेद प्रसाद खरेल,सामुदायिक रेडियो पुष्पान्जलीका उपाध्यक्ष विवेक काफ्ले,सल्लाहकार हरिप्रसाद खराल लगायतको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय