वामी विश्व सम्पर्क मंच ठुलाखर्क इकाईद्वारा स्वास्थ्य सामाग्री तथा सहयोग वितरण

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी,नबखबर वामी विश्व सम्पर्क मंच ठुलाखर्क इकाईद्वारा स्वास्थ्य सामाग्री तथा सहयोग वितरण कार्य सम्पन्न भएको छ ।मंगलबार बसेको समितिको बैठकले समितिलाई प्राप्त भएका स्वास्थ्य सहयोग सामाग्रीसहित मृगौला पिडित कुलराज शर्मालाई बिस हजार आर्थिक सहयोग गर्ने निर्णय भएको र सोहि बमोजिम चेक हस्तान्तरण गरिएको छ ।

मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामी ठुलाखर्कमा क्रियाशिल रहेको वामी विश्व सम्पर्क मंचको इकाई समितिलाई विभिन्न माध्यमबाट प्राप्त भएका सहयोग सामाग्रीहरु एक कार्यक्रमा गरि वितरण गरिएको इकाइका अध्यक्ष हुमाकान्त खरेलले नबखबरलाई जानकारी दिनुभयो।गाउघरमा सानातिना स्वास्थ्य समस्या आउदा सामान्य जानकारी लिन सकिने खालका स्वास्थ्य सहयोग सामग्रीमा डिजिटल बिपी सेट ३ थान, पल्स अक्सोमेटर कोलेम्ड ३ सेट,वेट स्केल संसो ३ सेट,स्ट्रेचर फोल्डिंग एल्मुनियम ३ सेट, डिजिटल थर्मोमिटर ३ सेट, वेटाडीन बोतल ५०० एम एल, रोलर ब्यानडेज ४ फिट ३ पिस र कटन रोल २५ जी एम ६ रोल खरिद गरि वितरण गरिएको खरेलले बताउनुभयो सहयोग सामग्री हस्तान्तरण कार्यक्रमसंगै मृगौला पिडित मुसिकोट नगरपालिका ८ वामी संकौल निवासी कुलराज खरेल दुवै मृगौलाको समस्याबाट ग्रसित भएकोले उपचारमा थोरै भएपनि सहयोग होस भनेर

अन्तराष्ट्रिय समन्वय समिति र स्थानीय समन्वय समितिको सल्लाहमा सस्थाको तर्फबाट बिस हजार रुपिया सहयोग गर्ने निर्णय भएको पनि उहाले जानकारी दिनुभयो त्यस्तै मृगौला पिडित खरेलको उपचारको लागि सहयोग अभियान चलाउने निर्णय भएको पनि उहाले बताउनुभयो सहयोग वापत उपलब्ध भएका प्राथमिक स्वास्थ्य सामाग्री विशेष गरि सेवा क्षेत्रभित्र सन्कौल, घैयार र ठुलाखर्कमा राख्ने र आवश्यताको आधारमा प्रयोगमा ल्याइने पनि समितिले जनाएको छ ।

कार्यक्रममा सस्थाका पदाधिकारीहरु,सदस्यहरु, स्वास्थ्य स्वयम सेविकाहरु स्थानीय समाजसेवीहरु उपस्थित रहेको कार्यक्रममा वामी विश्व सम्पर्क मंच मुल समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेको प्रमुख आतिथ्यटा, वडा नम्बर ८ का वडाअध्यक्ष नारायण सापकोटा, सम्पर्क मंचका युरोप शाखाका अध्यक्ष केशवराज सापकोटा,

समाजसेवी बौद्दिक व्याक्तित्व टिकाराम खरेल, ठुलोखर्क प्रा बि का प्रधानाध्यापक वेद प्रसाद खरेल,सामुदायिक रेडियो पुष्पान्जलीका उपाध्यक्ष विवेक काफ्ले,सल्लाहकार हरिप्रसाद खराल लगायतको उपस्थिति रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस यो पनि पढ्नुहोस गुल्मी मुसिकोट नगरपालिका वडा न ७ काफल्टोला निबासी माहाशार्मा काफ्लेले आफ्नो जन्म सिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य गर्नु भएको छ ।

माहाशार्मा काफ्लेले गत फाल्गुन २५ गते परेको आफ्नो जनमा दिनको अबसरमा महिला जागरण आमा समुहलाइ २५ थान कुर्ची सौजन्य गर्नु भएको समुहकी अध्यक्ष बालकुमारी काफ्लेले नबखाबरलाइ जानकारी दिनु भयो ।

आज भोलि नेपालि समाजमा अनाबस्यक खर्च गरि जन्म दिन मनाउने प्रचन भित्रिएको छ तर अनाबस्यक खर्च गर्नुको सट्टा हरपल खटिएर सामाजिक कार्यमा लागि परेको आमा समुहलाई सहायो गर्नु भएकोमा समुहले उहाँको उत्तर उत्त्रण प्रगतिको कामना गरेको समुहकी सचिब लक्ष्मी काफ्लेले जानकारी दिनुभयो ।माहाशार्मा काफ्लेले यो भन्दा पहिला पनि आमा समुहलाई सहयोग गर्दै आउनु भएको छ ।

महिला जागरण आमा समुहले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि समुहलाई सक्दो सहायो गर्ने र अन्य साथिभाइहरुलाई पनि सहयोग गर्न सल्लाह दिने कुरा नबखबरलाई बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय