तेस्रो फोर्टिन स्टार कप आजबाट तम्घासमा सुरु

अनिष पन्थी, गुल्मी । तेस्रो फोर्टिन स्टार कप 2077 को फुटबल खेल आजबाट सुरु भएको छ।
गुल्मीको सदरमुकाम तम्घास चिदिचौरमा आज भएको पहिलो खेल रिडस पब्लिक हाइ स्कुल तम्घास गुल्मी र मालिका माध्यमिक बिधालय इस्मा बिच भएको थियो सोही खेलमा मालिका मावी इस्मा लाई ४ -१ ले पराजित गर्दै रिडर्स पब्लिक हाइ स्कुल तम्घास ले जित हासिल गरेको छ ।

रिडर्स पब्लिक हाइ स्कुलका बिद्यार्थी सुगम बराल पेलेअर अफ द म्याच समेत बनेका छन भने आजै भएको दोस्रो खेल सिद्धबाबा माध्यमिक बिधालय तम्घास र जनजागिर्ती माध्यमिक बिधालय छत्रकोट हुगा बिच भएको थियो त्यसमा ५-० ले पराजित गर्दै सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले जित हासिल गरेको छ ।सिद्धबाबा माध्यमिक बिधालयका बिद्यार्थी भुबन कुवर पेलेर अफ द म्याच बनेका छन।

रेसुङ्गा नगरपालिका का नगरप्रमुख डिलिराज भुसालको प्रमुख आथित्यता रहेको कार्यक्रममा एस पि गोपाल चन्द भटराइ , मेजर डायमन्ड कार्की र रेसुङ्गा नगरपालिका ओडा न १, २र ८ का जनप्रतिनिधि हरुको विशेष आथित्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य क्लब का उपाध्यक्ष सुरज पोखरेल गर्नुभएको थियो ।

क्लब का अध्यक्ष बिक्रम सिह बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन क्लबका महासचिव नारायण आचार्यले गर्नुभएको थियो आज बाट सुरु भएको खेल ७ गतेसम्म चल्ने छ ।

यो पनि पढ्नुहोस गुल्मी मुसिकोट नगरपालिका वडा न ७ काफल्टोला निबासी माहाशार्मा काफ्लेले आफ्नो जन्म सिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य गर्नु भएको छ ।

माहाशार्मा काफ्लेले गत फाल्गुन २५ गते परेको आफ्नो जनमा दिनको अबसरमा महिला जागरण आमा समुहलाइ २५ थान कुर्ची सौजन्य गर्नु भएको समुहकी अध्यक्ष बालकुमारी काफ्लेले नबखाबरलाइ जानकारी दिनु भयो ।

आज भोलि नेपालि समाजमा अनाबस्यक खर्च गरि जन्म दिन मनाउने प्रचन भित्रिएको छ तर अनाबस्यक खर्च गर्नुको सट्टा हरपल खटिएर सामाजिक कार्यमा लागि परेको आमा समुहलाई सहायो गर्नु भएकोमा समुहले उहाँको उत्तर उत्त्रण प्रगतिको कामना गरेको समुहकी सचिब लक्ष्मी काफ्लेले जानकारी दिनुभयो ।

माहाशार्मा काफ्लेले यो भन्दा पहिला पनि आमा समुहलाई सहयोग गर्दै आउनु भएको छ ।

महिला जागरण आमा समुहले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि समुहलाई सक्दो सहायो गर्ने र अन्य साथिभाइहरुलाई पनि सहयोग गर्न सल्लाह दिने कुरा नबखबरलाई बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय