युवा बिचार लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे गुल्मी मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा मंगलबार संचालन भएको युवा बिचार लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका वडा ७ स्थित श्री महेन्द्र आदर्श नमुना मा बि मासमृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरु विषयमा संचालन भारको जिल्ला स्तरीय विचार लेखन प्रतियोगीताको पुरस्कार वितरण आज एक औपचारिक कार्यक्रमका साथ् मुसिकोट नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा तथा खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगीतामा १६ जना सहभागी भएका थिए ।

जस मद्य मुसिकोट नगरपालिका वडा नं ५ की सुधा खरल प्रथम, मुसिकोट नगरपालिका वडा नं ७ का विवेक काफ्ले द्धितिय, मुसिकोट नगरपालिका वडा नं २ का अनिश कुमार नेपाली तृतीय र मुसिकोट नगरपालिका वडा नं ७ की एलिसा सापकोटा सान्त्वना भएको शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

उक्त पुरस्कार वितरण कार्यक्रममा मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डीबी जिसी, प्रसासन शाखा प्रामुख प्रकाश घिमिरे लगायत अन्य कर्मचारीहरुका साथै अबिभाबक हरुको उपस्थिति रहेको थियो ।

मुसिकोट नगरपालिकाको कार्यलयमा संचालन भएको उक्त कार्यक्रम नगर उपप्रमुख कमला शर्माको अध्यक्षता र शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालको संचालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय