फिनल्याण्डमा रहेका नेपालीहरुबाट मुसिकोटका दुई वालकलाई आर्थिक सहयोग

सुरज भट्टराई, गुल्मी
आमाको दु’र्घटनामा नि’धन भएको १ महिना नबित्दै बाबुले पनि आत्मह’त्या गरेको खबर विभिन्न मिडियावाट प्रकाशन भएपछि कामकाजको सिलसिलामा फिनल्याण्ड गयका नेपाली दाजु भाईहरु बाट थोरै थोरै रकम संकलन गरेर नगद रु दुई लाख वयानव्वे हजार पानसय पन्चानबाबे साहराबिहिन २ बच्चाहरु र बृद्द लाटी हजुर आमा को जिबिको पार्जन तथा शिक्षा को लागि आर्थिक सहयोग गरिएको हो ।

मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडावाट कामकाजको सिलसिलामा फिनल्याण्ड कार्यरत भरत गिरीको संयोजकमा उठेको कुल रकम दुईलाख बयानव्वे हजार पानसय पन्चानब्बे रूपैयामा दुईलाख असि हजार ऊनिहरको बचत खातामा जम्मा गरिदिएको र बाकि बार्ह हजार पानसय पन्चानब्बे मङ्गलबार फिन ल्याण्डबाट नेपाल आउनुभएका प्रतिनिधि कृष्ण प्रसाद अर्याल पिडितको घरमै पुगेर स्थानिय समाजसेवि एवम बुद्धिजिवीको रोहवरमा परिवारलाई रकम प्रदान गर्नुभएको हो धुमिमा ऊक्त रकम सहि सदुपयोग र दिघो व्यावस्थापनका लागि समिति गठनगरिएको छ ।

बिदेशमा रहेका सहयोग गर्ने नेपाली हरूको निर्देशनमा स्थानिय यग्यलाल खराल को संयोजक मा आठ सदस्यीय समिति गठन गरिएको हो। घरमा आमा लाटि र बच्चाहरूले मोटो रकम सहि सदुपयोग गर्न नसक्ने भयकाले समिति गठन गरिएको हो ।

पिडित बिस्नु बिकको नाममा मुद्धति खाता खोलिएको छ र दुईदुई बर्षलाई ऊक्त रकमलाई मुद्धति खातामा राखिने र प्रत्येक ३-३ महिनामा उक्त रकमको ब्याज पि’डित परिवारले पाउने र उक्त उठेको सावा रकम कान्छो छोरा १८ बर्ष नपुगुनजेल र लाटि आमा को सास रहुन्जेल सम्म प्रयोग गर्न नपाउने र पछि सवै रकम दुई

बालकले वरावर तरिकाले पाऊने र बिचमा कारणबस कुनै कारणबस केहि सावा निकाल्न परेमा समितिले निर्णय गरेरमात्र निकाल्न पाउने निर्णय भएको कुरा समितिका सचिव तथा नेपाल राष्ट्रिय मा वि ईन्द्रेगौडाका प्रधानाध्यापक डिल ब अधिकारीले जानकारी दिनुभएको हो ।

शनिबार रकम हस्तान्तरण कार्यक्रम बोल्दै समितिका सद्स्य हरिलाल भट्टराईले विदेशी भुमिमा पसिना बगाएर आफ्नो गास काटेर सहयोग गर्ने सम्पूर्ण नेपाली दाजु भाईहरुलाई आफ्नो व्यक्तिगत र समितिको तर्फबाट धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो। अरू देशमा पनि आर्थिक संकलन अभियान जारि भएकाले आएको रकम यही खातामा जम्मा गरिदिने कुरा बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस जिल्ला सदरमुकाम तम्घासमा बिभिन्न सवारी साधान चोरेर आतंक फैलाउने अभियुक्त प्रहरीले सार्बजनिक गरेको छ । सदरमुकाम तम्घासमा सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अभियुक्त चुदाराले फागनु १८ गते राति जिल्ला जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु. १. च. ६१६४ नं. को सेतो रङको बलेरो डवल क्याप गाडी चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले बताउनुभयो ।

अभियुक्त चुदाराले पेचकसले ढोका खोली गाडी भित्र रहेको सानो चाबीले स्टार्ट गरी उक्त गाडी लगी धुर्कोट पुगी पुन फर्कि हुलाके हुँदै ईन्द्रगौडा भई सत्यवती गाउपालिकाको उर्लीखोला भन्ने स्थानमा पुग्दा गाडीको स्टार्ट बन्द भए पश्चात सोही स्थानमा छोडेर त्यहाबाट हिड्दै घरमा आएको प्रहरीलाई बयान दिएको उहाँले बताउनुभयो ।

त्यस्तै सोहि अभियुक्तले फागुन २२ गते राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ उदिनढुङ्गा ओरालो मन्दिर नेर पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १५० सिसीको रातो कालो पल्सर मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।

अभियुक्तले तारलाई डाईरेक्ट गराई स्टार्ट गरी लिएर आउदै गर्दा मिलनचोक स्थित अमित होटल अगाडी आई पुग्दा स्टाट बन्द भए पश्चात उक्त स्थानमा छोडी हिडेको प्रहरीले बयान दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही स्थानमा कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा.७४प.९३९० नम्बरको खरानी रङ भएको मोटरसाइकलन लाई तार राखि डाईरेक्ट स्टार्ट गरी रेसुङ्गाको वडानम्बर–७ स्थित नेटा भन्ने स्थानमा गई त्यहाबाट फर्कि तम्घास स्थित कुडापानी भन्ने स्थानमा बिहान करिब ५ बजे सम्म बसेको प्रहरीले जनाएको छ ।

त्यहाबाट मोटरसाइकल अर्घाखाँचीको डाडाकटेरी भन्ने स्थनमा गई त्यहाबाट बिहान ११ः०० बजे सोहीबाटो हुदै सिमलटारी हुँदै आफ्नो घर रेसुङ्गा वडानम्बर–७ भुजेलखर्क आउने क्रममा होटलमा पसी नास्ता खादै गर्दा पिछा गर्दै आएको प्रहरीले फेला ९एसपी० भट्टराइले बताए । पछिल्लो केहि दिन यता सदरमुकामबाटै सवारी साधान चोरी हुनेक्रम बढेपछि स्थनीय त्रसित भएका थिए ।

जिल्ला सदरमुकाम तम्घास सहित ग्रामीण वस्तीहरुमा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय