खुसीको खबर काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्योे । केही दिनमा वितरण हुने भयो ।’

मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उनले भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’

उनको कटाक्ष नेकपा प्रचण्ड-माधव समूहतिर थियो, जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए ।

मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए । यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’

काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।

यो पनि पस्ध्नुहोस मुसिकोट नगरपालिका गुल्मीले नगरपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका स्थापना भएको चार वर्ष पुरा भएको अवसरमा अाज वामीटक्सार गुल्मीमा एक समारोह अयोजना गरी नगरपालिकाले स्थापना दिवस मनाएको हो ।

देश संघिय संरचनामा गइ सकेपछी २०७३ फागुन ११ गते मुसिकोट नगरपालिका गुल्मीको स्थापना भएको हो ।

मुसिकोट गुल्मी जिल्लाका १२ वटा पालिकाहरू मध्ये सवैभन्दा ठुलो पालिका हो ।
मुसिकोट नगरपालिकाको कार्यालयबाट पञ्जेवाजा र विभिन्न प्लेकार्ड सहित सुरू भएको प्रभात फेरीले वामीटक्सार वजार परिक्रमा गरी वामी स्वास्थ्यचैकीमा रहेको सभाहलमा अपचारिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

स्थापना दिवसको अवसरमा मुसिकोट नगरपालिकाले प्रभात फेरी, अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता, पालिकामा कार्यरत कर्मचारीहरूको विचमा TIKTOK प्रतियोगिता, कर्मचारीहरूको मैत्रीपुर्ण भलिवल खेल लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा श्री नेपाल राष्ट्रिय मा.वि. मुसिकोट ५ की छात्र सुधा खराल प्रथम, श्री त्रिभुवन मा.वि. मुसिकोट-६ का छात्र रमित कार्की द्धित्तिय, श्री शिव शंकर मा.वि. मुसिकोट-५ की छात्रा अाकृती अर्याल तृतिय भएकी छन ।

पालिका स्थापना दिवसको अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयमा कार्यरत कर्मचारीहरू साथै सहभागीहरूलाई सत्य, निष्ठा, नैतिकता र सदाचार विषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, उप प्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,वडा अध्यक्षहरू,कार्यापालिका सदस्य एवं वडा सदस्यहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरू,उधोग वाणिज्य संघ

मुसिकोट नगरका अध्यक्ष सुदर्शन शाक्य, विभिन्न विद्यालयका पधानाध्यापक तथा शिक्षकहरू, विभिन्न संघ संस्था प्रमुख एवं प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख सापकोटाले सभाध्यक्षको रूपमा वोल्दै स्थापनाकाल देखी विभिन्न चुनाैतीहरूको सामना गर्दै यहाँ सम्म अइपुग्न सहयोग गर्नुहुने विभिन्न राजनितिक दल,संघ सँस्था,जन प्रतिनिधी,राष्ट्र सेवक कर्मचारी,शिक्षक विद्यार्थी,

पत्रकार,सुरक्षा निकाय लगायत सम्पुर्ण नागरिकहरूलाइ विशेष धन्यवाद तथा शुभकामना व्यक्त गर्नु हुँदै नगरको विकास र समृद्धीको यात्रामा अाफु सँधै नगरवासीको सहयोगी भएर अगाडी वढ्न तयार रहेको धारणा व्यक्त गर्नु भयो ।

नगर उप्रमुख कमला शर्माको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रमको सञ्चालन योजना अधिकृत मुना ज्ञवाली र वडा नं ५ र ७ का वडा सचिव विस्नु प्रसाद खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय