मुसिकोट नगरपालिका चाैँथो स्थापना दिवस बिबिध काएर्यक्रमका साथ् सम्पन्न

गोविन्द कंडेल, मुसिकोट गुल्मी ।
मुसिकोट नगरपालिका गुल्मीले नगरपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका स्थापना भएको चार वर्ष पुरा भएको अवसरमा अाज वामीटक्सार गुल्मीमा एक समारोह अयोजना गरी नगरपालिकाले स्थापना दिवस मनाएको हो । देश संघिय संरचनामा गइ सकेपछी २०७३ फागुन ११ गते मुसिकोट नगरपालिका गुल्मीको स्थापना भएको हो ।

मुसिकोट गुल्मी जिल्लाका १२ वटा पालिकाहरू मध्ये सवैभन्दा ठुलो पालिका हो ।
मुसिकोट नगरपालिकाको कार्यालयबाट पञ्जेवाजा र विभिन्न प्लेकार्ड सहित सुरू भएको प्रभात फेरीले वामीटक्सार वजार परिक्रमा गरी वामी स्वास्थ्यचैकीमा रहेको सभाहलमा अपचारिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

स्थापना दिवसको अवसरमा मुसिकोट नगरपालिकाले प्रभात फेरी, अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता, पालिकामा कार्यरत कर्मचारीहरूको विचमा TIKTOK प्रतियोगिता, कर्मचारीहरूको मैत्रीपुर्ण भलिवल खेल लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा श्री नेपाल राष्ट्रिय मा.वि. मुसिकोट ५ की छात्र सुधा खराल प्रथम, श्री त्रिभुवन मा.वि. मुसिकोट-६ का छात्र रमित कार्की द्धित्तिय, श्री शिव शंकर मा.वि. मुसिकोट-५ की छात्रा अाकृती अर्याल तृतिय भएकी छन ।

पालिका स्थापना दिवसको अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयमा कार्यरत कर्मचारीहरू साथै सहभागीहरूलाई सत्य, निष्ठा, नैतिकता र सदाचार विषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, उप प्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,वडा अध्यक्षहरू,कार्यापालिका सदस्य एवं वडा सदस्यहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरू,उधोग वाणिज्य

संघ मुसिकोट नगरका अध्यक्ष सुदर्शन शाक्य, विभिन्न विद्यालयका पधानाध्यापक तथा शिक्षकहरू, विभिन्न संघ संस्था प्रमुख एवं प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख सापकोटाले सभाध्यक्षको रूपमा वोल्दै स्थापनाकाल देखी विभिन्न चुनाैतीहरूको सामना गर्दै यहाँ सम्म अइपुग्न सहयोग गर्नुहुने विभिन्न राजनितिक दल,संघ सँस्था,जन प्रतिनिधी,राष्ट्र सेवक कर्मचारी,शिक्षक विद्यार्थी, पत्रकार,सुरक्षा निकाय लगायत

सम्पुर्ण नागरिकहरूलाइ विशेष धन्यवाद तथा शुभकामना व्यक्त गर्नु हुँदै नगरको विकास र समृद्धीको यात्रामा अाफु सँधै नगरवासीको सहयोगी भएर अगाडी वढ्न तयार रहेको धारणा व्यक्त गर्नु भयो ।

नगर उप्रमुख कमला शर्माको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रमको सञ्चालन योजना अधिकृत मुना ज्ञवाली र वडा नं ५ र ७ का वडा सचिव विस्नु प्रसाद खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय