तरणदल जागरण अभियान अन्तरगत बडीगाडमा समिति गठन

बिष्णु प्रसाद आचार्य गुल्मी ।
नेपाल तरुण दल जागरण अभियान अन्तरगत बडीगाडमा नेपाल तरुण दल गठन भएको छ ।बाग्लूंग जिल्लाको तरुण दल जागरण अभियानमा बडीगाडका कांग्रेस र तरुण दलका कार्यकर्ताहरुको भेलाले तरुण दल गठन गरेको हो ।

बिहिबार नेपालि कांग्रेस बडीगाड वडा नम्बर २ को पार्टी कार्यालय खर्बांगमा बसेको भेलाले तरुण दल बडिगाड वडा नम्बर २ वडा कार्यसमिति गठन गरेको नेपाल तरुण दल बडीगाड २ का नवगठित समितिका अध्यक्ष हिरालाल चालिसेले नबखबरलाइ जानकारी दिनुभयो ।नव गठित समितिमा हिरालाल चालिसेको अध्यक्षतामा १५ सदस्यीय वडा कार्य समिति गठन गरिएको चालिसेले बताउनुभयो ।

जसको उपाध्यक्षमा हेमनाथ घिमिरे र सोम बहादुर सापकोटा उपाध्यक्ष रहनुभएको छ भने सचिवमा टोप बहादुर थापा, सह सचिवमा कमल राना, कोषाध्यक्षमा पुनम पच्या रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा बाबुराम गौतम ,विष्णु राना, केशव राना , लेसन थापा, लेख बहादुर राना , सुदिप अर्याल,टेक बहादुर बिक, राजेश बिक, खिम बहादुर थापा रहनुभएको छ ।

उक्त भेलाले नबगठीत तरुण दल वडा समितिलाई बधाई समेत दिएको छ
कार्यक्रममा नेपालि कांग्रेस बागलुंग क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य होसियार सिहं थापा, ने का बडीगाड ७ का वडा सभापति कृष्ण गुरुङ, भू पु सैनिक संघ क्षेत्रीय सदस्य गन बहादुड श्रीस , ने का बडीगाड २ का सचिव होमनाथ खरेल, नेपाल शिक्षक संघ मुसिकोटका नगर सदस्य चिन्तामणि चालिसे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल तरुण दल बडीगाड गाउपालिकाका अध्यक्ष कमल चालिसेको अध्यक्षता रहेको कार्यक्रमको संचालन तरुण दल बडीगाडका सचिव प्रेम अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय