दोश्रो चरणको कोभिड-१९ विरुद्धको खोप सम्बन्धी वामी स्वास्थ्य चौकीद्वारा एक अन्तरक्रिय कार्यक्रम सम्पन्न

भुवन काफ्ले, मुसिकोट गुल्मी ।वामी स्वास्थ्य चौकीले दोश्रो चरणको कोभिड-१९ विरुद्धको खोप सम्बन्धी एक अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ

मुसिकोट नगरपालिका वडा न ७ स्थित वामी स्वास्थ्य चौकीले फाल्गुन २३ गते देखि सुरु हुने दोश्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहज रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न तहका व्यक्तित्वहरुलाई सहभागी गराई एक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

दोश्रो चरणको खोप अभियानमा ५५ वर्षा माथिका र जेस्ठ नागरिकहरुलाई खोप लगाउने भनि प्रचार प्रसार गरिएता पनि खोपको अभाबका कारण ६५ वर्षा माथिका जेस्ठ नागरिकलाई मात्र खोप लगाइने भएको छ ।

यदि कोहि व्यक्ति असक्त भै खोप केन्द्र सम्म आउन नसक्ने अवस्था भएमा खोप केन्द्रसम्म ल्याउने व्यवस्था गरिने छ ।

यो सुबिधा केवल अपाङ्ग र असक्त व्यक्तिको लागि मात्र उपलब्ध हुने छ ।

खोपको पहिलो दिन अर्थात फाल्गुन २३ गते मुसिकोट नगरपालि वडा न ७, साबिकको वडा न ३ र ९ त्यसै गरि वडा न ८ साबिकको वामी ६,७,८ र खोपको दोस्रो दिन अर्थात फाल्गुन २४ गते वडा न ७ वामी साबिकका वडा १ र २ त्यस्तै गरि वडा न ८ वामी साबिकका ४ र ५ वडाका नागरिकलाई यस खोप अभियानमा सहभागी गराउने व्यवस्था रहेको छ ।

यदि कोहि व्यक्तिले खोप लगाउन नचाहेमा कुनै करकाप नहुने वामी स्वास्थ्य चौकीका प्रमुख त्रिनिक्रम केसीले नबखबरलाई जानकारी दिनु भयो ।

कोरोना खोपको बारे धेरै प्रकारका भ्रम फैलाइएको छ, खोप लगाई सके पछी केहि ब्याक्तिमा सामान्य असर देखा पर्ने गरेको पाइन्छ भने एकदम कम व्यक्तिलाई अधिक टाउको दुख्ने ज्वरो आउने पनि हुन सक्छा यो सामान्य सिटामलाको प्रायोद्वारा सन्चो हुने भएकाले यो अबस्थालाइ सामान्य रुपमा लिन र सबैलाइ खोप लगाउन वामी स्वास्थ्य चौकीले अनुरोद गरेको छ ।

खोप लगाउन आउदा आफ्नो उमेर खुल्ने परिचय पत्र अनिबार्य रुपमा ल्याउनु पर्ने स्वास्थ्य चौकी प्रमुख के.सीले जानकारी दिनु भयो ।

कोभिड-१९ विरुद्धको खोप तत्काल कुनै रोग लागेर औसधी प्रयोग गरिरहनु भएका र गर्भवती महिला बाहेक सबै व्यक्तिले खोप लाउन सकिनेछ ।

यदि लामो समय देखि औसधी प्रयोग गर्दै आउनु भएकाले भने खोप लगाउन सकिनेछ तर खोप लगाउन आउदा आफुले प्रयोग गरि रहेको औसधि भने साथमा लिएर आउन स्वास्थ्य चौकीले अनुरोध गरेको छ ।

खोप बिहान ९:३० देखि दिउसो ३:३० बजे सम्म संचालन हुने छ भने खोप लगाइसकेपछी कम्तिमा आधि घण्टा खोप केन्द्र मै बस्नु पर्ने वामी स्वास्थ्य चौकीले नबखबरर्लाई जानकारी दिएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय