काठमाडौँ कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (बिहिबार) बस्ने भएको छ ।
बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्दैछ । बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्डाद तय गर्ने कांग्रेस प्रवक्ता विश्वडप्रकाश शर्माले जानकारी दिए ।प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।
सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएका छन् भने सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने अभिव्यक्ति दिइसकेका छन् ।
कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि निर्णय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।
सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।
यो पनि पढ्नुहोस ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गते शुक्रबार देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।
हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।